काठमाडौं– प्राइम कमर्सियल बैंक लिमिटेड (पीसीबीएल) ले निष्कासन गरेको ‘६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’ मा आवेदन दिने अवधि थप गरेको छ। अब लगानीकर्ताले आगामी असार ३० गतेसम्म ऋणपत्रका लागि आवेदन दिन सक्नेछन्।
बैंकले असार १६ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको उक्त ऋणपत्रमा मागअनुसार आवेदन नपरेपछि आवेदन अवधि लम्ब्याइएको हो। यद्यपि, मागभन्दा बढी आवेदन परेमा तोकिएको समयअघि नै सूचना प्रकाशित गर...
काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड (यूएआईएल) को शेयरमूल्य समायोजन गरेको छ। वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले बुक क्लोज गरेपछि नेप्सेले बोनस शेयरअनुसार मूल्य समायोजन गरेको हो।
नेप्सेले कम्पनीको ४.२८५७ प्रतिशत बोनस शेयर समायोजन गर्दै प्रतिकित्ता शेयरको मूल्य ४४४ रुपैयाँ ८४ पैसा निर्धारण गरेको जनाएको छ।
यसअघि बिहीबार दोस्रो बजारमा...
काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ ठगी, फिसिङ तथा स्क्यामबाट ग्राहकको निक्षेप सुरक्षित राख्न मोबाइल एपमा लगइन नगरी नै केही सेकेन्डमै बैंक खाता ब्लक गर्न सकिने अत्याधुनिक सुरक्षा प्रणाली सञ्चालनमा ल्याएको छ।
अनलाइन ठगीका घटना बढ्दै गएपछि ग्राहकको रकम सुरक्षित राख्ने उद्देश्यले बैंकले यस्तो व्यवस्था लागू गरेको जनाएको छ।
बैंकका अनुसार कुनै पनि ग्राहकलाई वित्तीय ठगी, अनधिकृत पहुँच व...