वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पठाउने विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको नौ महिनाको तथ्याङ्कअनुसार रेमिट्यान्स ३९.१ प्रतिशतले बढेर १६ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स वृद्धि दर १०.२ प्रतिशत मात्रै रहेको थियो। अमेरिकी डलरमा समेत रेमिट्यान्स ३१.९ प्रतिशतले बढ्दै ११...
काठमाडौं । स्नो रिभर्स लिमिटेडले बैशाख २९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत अर्थात १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता शेयर निष...
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड ले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको बीमा कोषमा उल्लेखनीय वृद्धि भए पनि नाफा भने उल्लेख्य रूपमा घटेको छ।
कम्पनीले चालु आर्थिक वर्षको साउनदेखि चैतसम्मको अवधिमा ४ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २६ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको थ...