बैशाख २४ गते बिहीबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्यमा पुनः वृद्धि भएको छ। आज सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले बढेको भने चाँदीको मूल्य प्रतितोला १०० रुपैयाँले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बुधबार सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ८०० रुपैयाँ कायम रहेको थियो।
त्यस्तै, आज...
काठमाडौं — नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को अध्यक्षमा अञ्जन श्रेष्ठले आजदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हालेका छन्। महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्थाअनुसार उनी नेतृत्वमा आएका हुन्।
करिब दुई दशकभन्दा बढी समयदेखि महासंघसँग आबद्ध श्रेष्ठले संस्थाभित्र विभिन्न तहमा कार्य गर्दै व्यापक अनुभव हासिल गरेका छन्। राजस्व नीति, उद्योग प्रवर्द्धन तथा रोजगारदाता सम्ब...
काठमाडौं — सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उल्लेखनीय नाफा वृद्धि हासिल गरेको छ। कम्पनीले समीक्षा अवधिमा ९० करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४०२.०८ प्रतिशतले बढी हो।
अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ६ करोड ३ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो। यस अवधिमा कम्पनीको बिक्री आम्दानी पनि वृद्धि भएको ...