काठमाडौं । विशेष अदालतले नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष मदन दाहाललाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष नारायणप्रसाद पौडेल तथा सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा दाहाललाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
दाहालमाथि बीमा प्राधिकरणको अध्यक्ष रहँदा पदीय अधिकारको दुरुपयोग गरी हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको रकम नियम...
काठमाडौं — संघीय सरकारअन्तर्गतका विभिन्न निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीले अबदेखि हरेक १५ दिनमा अर्थात् अर्धमासिक रूपमा तलब तथा भत्ता पाउने भएका छन्।
महालेखा नियन्त्रक कार्यालयले परिपत्र जारी गर्दै नयाँ व्यवस्थाअनुसार कर्मचारीको तलब तथा भत्ता भुक्तानीको व्यवस्था मिलाउन मातहतका सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ।
अर्थ मन्त्रालयको नीतिगत मार्गदर्शन तथा बजेट वक्तव्यमा ...
साग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको भदौ १ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांशमध्ये ४ प्रतिशत बोनस शेयर र ६.५२६३ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ।
बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथ...