काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा स्थगित गरिएको १५ मिनेटे ‘क्लोजिङ’ प्रणाली पुनः लागू गर्ने तयारी थालेको छ। कारोबारको अन्तिम समयमा हुने अस्वाभाविक मूल्य उतारचढाव तथा चलखेल नियन्त्रण गर्दै कम्पनीको अन्तिम सेयर मूल्य निर्धारणलाई थप पारदर्शी बनाउने उद्देश्यले सेबोनले उक्त व्यवस्था पुनः कार्यान्वयनका लागि प्रक्रिया अघि बढाएको हो।
यसैक्रममा सेबोनले कारोबारको अन्तिम १५ मिनेटमा भएक...
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले हाल कायम चुक्तापुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।
कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावअनुसार हाल कायम चुक्तापुँजी ४ अर्ब ४ करोड...
काठमाडौं । वागमती प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि प्रदेशअन्तर्गतका सबै सरकारी कार्यालयका भवनको बीमा गर्ने तयारी थालेको छ।
गत वर्षको जेनजी आन्दोलनका क्रममा सरकारी संरचनामा ठूलो क्षति पुगेपछि भविष्यमा हुने यस्ता जोखिमबाट राज्यलाई पर्ने आर्थिक भार कम गर्न सरकारले भवन बीमाका लागि बजेटसमेत विनियोजन गरेको हो।
वागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टाका अनुसार आन्दोलन...