काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले समीक्षा अवधिमा नाफा, खुद ब्याज आम्दानी तथा सञ्चालन नाफालगायत प्रमुख वित्तीय सूचकमा सकारात्मक सुधार हासिल गरेको जनाएको छ।
वित्तीय विवरणअनुसार बैंकले गत आर्थिक वर्षको अन्त्यसम्म ३ अर्ब ५१ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको ...
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणकुमार भट्टराईले नियुक्त भएको चार महिना नपुग्दै पदबाट राजीनामा दिएका छन्।
भट्टराईले सञ्चालक समितिसमक्ष राजीनामा बुझाएका हुन्। कम्पनी स्रोतका अनुसार सञ्चालक समितिले सोमबार बसेको बैठकबाट उनको राजीनामा स्वीकृत गरिसकेको छ।
स्रोतका अनुसार कम्पनीभित्र माथिल्लो तहबाट हुने अनावश्यक हस्तक्षेप र दबाबका कारण उनले पद छाड्ने निर्णय ग...
काठमाडौं । एनएमबी बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले अधिकांश वित्तीय सूचकमा उल्लेखनीय सुधार गर्दै नाफा, खुद ब्याज आम्दानी तथा सञ्चालन नाफामा उत्साहजनक वृद्धि हासिल गरेको छ।
बैंकले गत आर्थिक वर्षको अन्त्यसम्म ४ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा २ अर्ब ८५ क...