काठमाडौं । आत्मदाहको प्रयासपछि उपचारका क्रममा मृत्यु भएका मुगुका २५ वर्षीय गणेश नेपालीको शव पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइने भएको छ।
वीर अस्पतालका अनुसार त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागसँग आवश्यक समन्वय गरी पोस्टमार्टमका लागि शव पठाउने तयारी भइरहेको छ।
मुगुका स्थायी बासिन्दा नेपाली काठमाडौंमा राइडिङ सेवा सञ्चालन गरेर जीविकोपार्जन गर्दै आएका थ...
काठमाडौं । नयाँ सरकार गठनसँगै पुँजीबजारमा सुधार आउने अपेक्षा गरेका लगानीकर्ताहरू पछिल्ला साढे तीन महिनाको बजार प्रदर्शनबाट निराश बनेका छन्। नयाँ सरकार, बजेट र नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिले बजारलाई सकारात्मक दिशा दिने अपेक्षा गरिए पनि त्यसको प्रभाव सेयर बजारमा देखिन सकेको छैन।
प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार गठन हुनुअघि, चैत १२ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २ हजार ९५०...
काठमाडौं । मेटलाइफ नेपाल लगातार दोस्रो वर्ष ‘ग्रेट प्लेस टु वर्क’ (Great Place to Work) प्रमाणपत्रबाट सम्मानित भएको छ। कम्पनीले कर्मचारीमैत्री कार्यसंस्कृति र सकारात्मक कार्य वातावरणका आधारमा उक्त अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको जनाएको छ।
कम्पनीका अनुसार यो प्रमाणपत्र कर्मचारीहरूले आफ्नो कार्य अनुभवका आधारमा दिएको प्रत्यक्ष प्रतिक्रियाको मूल्यांकनपछि प्रदान गरिएको हो। यस वर्ष ८७ प्रतिशत कर्...