काठमाडौँ । सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा नैतिक विचलन नियन्त्रण गर्दै सुशासन प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘राष्ट्रिय सदाचार नीति, २०८३’ स्वीकृत गरेको छ।
असार १८ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको उक्त नीतिले सार्वजनिक निकाय, निजी क्षेत्र, गैरसरकारी संस्था तथा राजनीतिक दलका लागि आचरण र पारदर्शितासम्बन्धी मापदण्ड निर्धारण गरेको छ।
‘सदाचारयुक्त समाजमार्फत सुशासन र समृद...
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनी (हिमालयन रि) ले अर्को ठूलो झट्का बेहोरेको छ। भारतीय बीमा नियामक तथा विकास प्राधिकरण (आईआरडीएआई) ले कम्पनीको भारतमा अन्तरसीमा (क्रस बोर्डर) पुनर्बीमा कारोबार गर्ने इजाजत खारेज गरेको छ।
आईआरडीएआईले जुन ११ देखि लागू हुने गरी हिमालयन रिको क्रस बोर्डर रिइन्स्योरेन्स (सीबीआर) अनुमति रद्द गरेको हो। कम्पनीले सन् २०२४ जनवरी १६ मा भारतीय बीमा बजारबाट पुनर्बीमा जोखिम...
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपाल भट्टले पूँजीबजार सुधारका लागि आठ बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै लगानीकर्ताका जायज माग क्रमिक रूपमा सम्बोधन गर्ने बताएका छन्।
लगानीकर्ता संघका प्रतिनिधिहरूसँग भएको छलफलमा अध्यक्ष भट्टले बजारलाई थप पारदर्शी, व्यवस्थित र लगानीकर्तामैत्री बनाउन आवश्यक नीतिगत तथा संरचनागत सुधार अघि बढाइने जानकारी दिएका हुन्।
छलफलमा बोर्डले पूँजीबजार सुधा...