काठमाडौं । विशेष अदालतले बहुचर्चित सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। अदालतले प्रारम्भिक प्रमाण, वित्तीय कारोबारको प्रकृति, बिगोको आकार तथा प्रविधिमार्फत प्राप्त प्रमाणलाई आधार मान्दै उनीहरूलाई थुनामा राखेर अनुसन्धान अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको हो।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य उमेश कोइराला र विदुर...
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा मुकेश कुमार कपूर नियुक्त भएका छन्।
कम्पनीको सञ्चालक समितिको असार २ गते बसेको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत कपूरलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।
कम्पनीका अनुसार उक्त निर्णय असार २ गतेदेखि नै लागू भएको छ। यससँगै कपूरले कम्पनीको नेतृत्व सम्हाल्दै कामु सीईओको भूमिका निर्वाह गर्नेछन्।...
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दामोदर भण्डारी नियुक्त भएका छन्।
कम्पनीको सञ्चालक समितिको बुधबार बसेको बैठकले सहायक प्रमुख कार्यकारी अधिकृत भण्डारीलाई निमित्त सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो। कम्पनी सचिव सुष्मा गौतमका अनुसार भण्डारीले आजैदेखि उक्त जिम्मेवारी सम्हाल्नेछन्।
भण्डारीको नियुक्तिसँगै कम्पनीको नेतृत्वको जिम्मेवारी उ...