काठमाडौं । नेपाली सुन बजारमा पछिल्लो एक साताको अवधिमा सुनको मूल्यमा उल्लेखनीय उतारचढाव देखिएको छ। सात दिनको अवधिमा सुनको मूल्य प्रतितोला १७ हजार रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार जेठ २२ गते शुक्रबार प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य जेठ २९ गते शुक्रबारसम्म आइपुग्दा १७ हजार रुपैयाँले घटेर २ लाख ९२ हजार रुपैयाँ कायम भएको छ।
महासंघका तथ्य...
काठमाडौं, २८ जेठ। विशेष सरकारी वकीलको कार्यालयले नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्षद्वय मदनकुमार दाहाल र शरद ओझासहित ४२ जनाविरुद्ध बीमा ऐनअन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।
नेपाल बीमा प्राधिकरणबाट प्राप्त जाहेरीका आधारमा दायर गरिएको मुद्दामा दाहाल र ओझाले नियामकीय अधिकारको दुरुपयोग गर्दै कानूनविपरीत निर्णय गरेको आरोप लगाइएको छ। अभियोगपत्रमा उनीहरूले बीमा क्षेत्रसँग स...
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानपछि व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालसहित चार जनाविरुद्ध बैंकिङ कसुरको मुद्दा दर्ता गरिएको छ।
उच्च अदालत पाटनको वाणिज्य इजलासमा बिहीबार दर्ता गरिएको मुद्दामा दीपक भट्ट, सुलभ अग्रवाल, शाहिल अग्रवाल र शंकरलाल अग्रवाललाई प्रतिवादी बनाइएको छ। उनीहरूमाथि कुल ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो कायम गर्दै कानुनी कारबाहीको माग गरिएक...