काठमाण्डौ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी ४० करोड रुपैयाँको १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । उक्त हकप्रद सेयरमा माघ २९ गतेसम्म कायम साविक शेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा चैत २२ गतेदेखि वैशाख १३ गते बैं...
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी आफ्नो स्थापनाको १९औँ वर्षमा प्रवेश गरेको छ। १८ वर्षको सफल यात्रापछि कम्पनीले यस अवसरमा बीमित, अभिकर्ता, कर्मचारी तथा अन्य सरोकारवालाप्रति आभार व्यक्त गर्दै आफ्ना प्रमुख उपलब्धि र वित्तीय विवरण सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार यसको वित्तीय अवस्था मजबुत रहेको छ। हाल अधिकृत पुँजी ६ अर्ब रुपैयाँ पुगेको छ भने ५ प्रतिशत बोनस सेयर सूचीकरणपछि चुक्तापुँजी ५ अर्ब...
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान तीव्र बनेसँगै व्यवसायी सुलभ अग्रवालले हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्ष पदबाट राजीनामा दिएका छन्।
कम्पनीसँग सम्बद्ध स्रोतका अनुसार उनले बिहीबार नै सञ्चालक पदबाट राजीनामा दिएका थिए, जसलाई शुक्रबार बसेको सञ्चालक समिति बैठकले स्वीकृत गरेको हो।
अनुसन्धानका क्रममा बयानका लागि पक्राउ पर्ने डरले भारत पुगेका अग्रवाल आफ्ना पिता शंकरलाल अग्रवालको...