काठमाडौं — फुटको संघारसम्म पुगेको नेपाली कांग्रेस फेरि एकपटक पार्टीको आधिकारिकता सम्बन्धी पुरानै कानुनी विवादमा फर्किएको छ। सर्वोच्च अदालतले यसअघिको फैसला पुनरावलोकनका लागि अनुमति दिएसँगै कांग्रेसको नेतृत्व र आधिकारिकता सम्बन्धी बहस पुनः सुरु हुने भएको हो।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित न्यायाधीश नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले बिहीबार पुनरावलोकनको अनुमति (निसा) प्रद...
काठमाडौं, ६ साउन — नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदका लागि नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ। अर्थ मन्त्रालयको कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धामार्फत पाँच जना उम्मेदवारलाई अन्तिम सूची (सर्टलिस्ट)मा समावेश गरेको हो।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार उम्मेदवारहरूको शैक्षिक योग्यता, कार्यअनुभव तथा उनीहरूले पेस गरेको व्यावसायिक एवं वित्तीय ...
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म उल्लेखनीय वित्तीय सुधार हासिल गरेको छ। इम्पेयरमेन्ट चार्ज रिभर्स भएपछि बैंकको खुद नाफामा उल्लेख्य वृद्धि देखिएको छ।
सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिमा १ अर्ब ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको १० करोड २० हजार रुपैयाँको तुलनामा करिब ९०५.७५ प्रतिशत बढी ह...