काठमाडौं । नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइने बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक घटस्थापना गरिँदै छ।
घटस्थापनाका दिन पूजा कोठा वा दसैँघरमा दियो, कलश र गणेश स्थापना गरी शक्तिस्वरूपा दुर्गा भवानीको आह्वानसहित पूजाआराधना गरिन्छ। नवरात्रको पहिलो दिन बिहानै नित्यकर्म सम्पन्न गरी चोखो स्थानबाट बालुवा वा माटो ल्याएर पूजा कोठा वा द...
काठमाडौं । गोरखाको उत्तरी क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिकामा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीका कारण करिब ३५ घर बगेका छन् भने माछिखोला बजारमा समेत क्षति पुगेको छ। गोरखा र धादिङलाई जोड्ने आरुघाटस्थित पुल पनि बाढीले बगाएको विवरण सार्वजनिक भएको छ।
प्राप्त विवरणअनुसार छेकम्पार क्षेत्रमा पहिरो खसेर नदी थुनिएको र चुम्चेतको स्यारखोलामा आएको भेलबाढीका कारण ब...
विराटनगर । भारतीय उद्योगपति मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिजले नेपालमा २० अर्ब रुपैयाँ लगानी गरेर औद्योगिक ग्राम निर्माण गर्ने योजना अघि बढाउन नसकेको छ। बाराको सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा मागेजति जग्गा उपलब्ध हुन नसकेपछि कम्पनीको प्रस्ताव अन्योलमा परेको हो।
विशेष आर्थिक क्षेत्र प्राधिकरणका अधिकारीहरूका अनुसार रिलायन्सले सिमरामा ८० बिघा जग्गा उपलब्ध गराउन माग गर्दै गुजरात मोडलमा...