बीमा व्यवसायमा देखिएको आशाको किरण
beemaadmin
२०८३ भाद्र २५, बिहीबार
देशको अर्थतन्त्र संकट र अनिश्चितताको चक्रमा फसेका बेला पनि बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरूको व्यवसायमा देखिएको केही सकारात्मक संकेतले आशा जगाएको छ। अर्थतन्त्रमा माग कमजोर छ, निजी क्षेत्र लगानीका लागि अझै विश्वस्त हुन सकेको छैन, रोजगारी र आम्दानीका अवसरमा दबाब छ। त्यसमाथि नेपालले पछिल्लो समय एकपछि अर्को गर्दै मानव सिर्जित तथा प्राकृतिक विपत्तिको सामना गरिरहेको छ। बाढी, पहिरो, आगलागी, दुर्घट...