काठमाडौं । रसुवा जिल्लाको नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि राष्ट्रिय बीमा कम्पनी लिमिटेडले २५ लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको जनाएको छ।
विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिक तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै राहत...
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न २०औँ वार्षिक साधारण सभा बोलाएको छ।
बैंकले असोज १६ गते शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा साधारण सभा आयोजना गर्ने भएको हो। सभा बिहान ९ बजे सुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्...
काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ लाख ६३ हजार २०० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।
कम्पनीले कुल २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। यसमध्ये कर्मचारी, सा...