काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
कम्पनीको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफा तथा वित्तीय विवरणका आधारमा उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमध्ये ५ प्रतिश...
काठमाडौँ । दोस्रो बजारमा खरिद गरिएको सेयर बिक्री गर्न १५ दिनअघि सूचना दिनुपर्ने नेपाल धितोपत्र बोर्ड (सेबोन) को व्यवस्थाविरुद्ध पुँजीबजारका तीन प्रमुख लगानीकर्ता संगठन एकजुट भएका छन्। उनीहरूले सेयर बिक्रीमा लगाइएको समयगत बन्देज हटाउनुपर्नेसहित बजार सुधारका लागि ६ बुँदे प्रस्ताव बोर्डसमक्ष पेस गरेका छन्।
नेपाल इन्भेष्टर्स फोरम, नेपाल पुँजीबजार लगानीकर्ता संघ र सेयर लगानीकर्ता संघ नेपालले संयुक्त र...
काठमाडौं । नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीको अध्यक्षतामा बिहीबार भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न सभाले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। लाभांश वितरणक...