काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको पहिलो बजेटमा कर सुधार, कर्मचारी सुविधा, ऊर्जा क्षेत्र, डिजिटल भुक्तानी र प्रशासनिक पुनर्संरचनासहित विभिन्न महत्वाकांक्षी कार्यक्रम समेटिएका छन्।
बजेटका ११ मुख्य आकर्षण यस्ता छन्–
१. कर्मचारीको पारिश्रमिकमा करिब २१ प्रतिशत वृद्धि
सरकारले ...
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो १० महिनामा जीवन बीमा कम्पनीहरूबाट बीमालेख सरेण्डरमार्फत ११ अर्ब ६० करोड ९५ लाख रुपैयाँ बाहिरिएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको ‘बीमा प्रतिबिम्ब’ प्रतिवेदनअनुसार यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.४० प्रतिशतले कम हो।
गत आर्थिक वर्षको पहिलो १० महिनामा जीवन बीमा कम्पनीहरूबाट सरेण्डर रकम १२ अर्ब २७ करोड २३ लाख रुपैयाँ बाहिरिएको थियो।
बीमालेख...
काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि अनिवार्य गरिएको वैदेशिक रोजगार म्यादी जीवन बीमाको व्यवस्था अब सामाजिक सुरक्षा कोषमार्फत सञ्चालन गर्ने तयारी गरेको छ।
अर्थ मन्त्रालय निकट स्रोतका अनुसार वैदेशिक रोजगारसँग सम्बन्धित बीमा सेवा सामाजिक सुरक्षा कोषमार्फत उपलब्ध गराउने विषयमा गृहकार्य भइरहेको छ। सुरुमा यो व्यवस्था सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीमार्फत सञ्चालन ...