काठमाडौं । कोष प्रवर्द्धक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटल लिमिटेड रहेको नेपाल लाइफ समृद्धि लगानी योजना नामक सामूहिक लगानी कोषले आफ्ना इकाइहरू बिक्रीमा ल्याउने भएको छ । नेपाल धितोपत्र बोर्डबाट आइतबार प्रति इकाइ अंकित मूल्य १० रुपैयाँका दरले १६ करोड इकाइ निष्कासन गर्न अनुमति प्राप्त भएको हो । यसअनुसार कुल १ अर्ब ६० करोड रुपैयाँ बराबरको फन्ड जारी गरिनेछ ।...
काठमाडौं । सुनचाँदीको मूल्य ह्वात्तै घटेको । आज सुनको मूल्य प्रतितोला ७९ सय र चाँदीको मूल्य प्रतितोला ३०५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २ लाख ६२ हजार १ सय रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला ४ हजार ५ सय ९० रुपियाँमा कारोबार भइरहेको छ । यसअघि सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला २ लाख ७० हजार ६ सय रुपियाँसम्म पुगेको थियो भने चाँदीको मूल्य हाल...
काठमाडौं । राजनीतिक अस्थिरतासँगै अर्थतन्त्र सुस्ताएका बेला पनि जीवन बीमा कम्पनीहरुले मंसिर मसान्तसम्ममा करिब ७७ अर्ब बढी बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्रधिकरणले सार्वजनिक गरेको मंसिर मसान्तसम्मको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुले ७६ अर्ब ९० करोड ५७ लाख बीमाशुल्क संकलन गरेका हुन् । यस अवधिमा सबैभन्दा बढी बीमाशुल्क संकलन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले मंसिरसम्ममा २१ अ...