काठमाडौं। अर्थमन्त्रीले नेपालका २० ठूला बहुराष्ट्रिय तथा ठूला करदाता कम्पनीका प्रतिनिधिलाई बोलाएर नेपालमा लगानी विस्तार गर्न आग्रह गरेका छन्। उद्योगी–व्यवसायीलाई सरकारले शंकाको दृष्टिले नभई आर्थिक विकासका साझेदारका रूपमा हेर्ने बताउँदै उनले भएका उद्योग विस्तार गर्न, नयाँ उत्पादनमा प्रवेश गर्न र आधुनिक प्रविधि भित्र्याउन आग्रह गरेका हुन्।
बैठकमा सूर्य नेपाल, एनसेल आजियाटा, गोर्खा ब्रुअरी, हिमालय ए...
काठमाडौं। प्राकृतिक विपत्ति, आर्थिक चुनौती र राजनीतिक अस्थिरताबीच पनि नेपालका निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०८२/८३ मा अपेक्षाभन्दा राम्रो व्यवसायिक प्रदर्शन गरेका छन्। जोखिम बढ्दै गएको अवस्थामा पनि कम्पनीहरूले बीमितका ठूलो संख्यामा दाबी भुक्तानी गर्दै आफ्नो वित्तीय तथा सेवा क्षमताको प्रदर्शन गरेका हुन्।
गत आर्थिक वर्षमा सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीले १ लाख ५८ हजार ६९३ वटा द...
काठमाडौं। कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आफ्नो वित्तीय अवस्थामा उल्लेख्य सुधार गरेको छ। संस्थाले समीक्षा अवधिमा अधिकांश वित्तीय सूचकमा सकारात्मक प्रगति गर्दै खुद नाफा ३०४.५९ प्रतिशतले वृद्धि गरेको हो।
संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १२ करोड २८ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा संस्थाको खुद नाफा ३ कर...