काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले खुद नाफा, सञ्चालन मुनाफा, गैरब्याज आम्दानी तथा प्रतिशेयर आम्दानी (ईपीएस) लगायत अधिकांश प्रमुख वित्तीय सूचकमा उल्लेखनीय सुधार हासिल गरेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले ६ अर्ब २२ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिम...
काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी, दिगो र सर्वसुलभ बनाउन स्वास्थ्य बीमा ऐन, २०७४ संशोधन गर्ने प्रक्रिया अघि बढाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 'स्वास्थ्य बीमा (पहिलो संशोधन) विधेयक, २०८३' को मस्यौदा सार्वजनिक गर्दै सरोकारवाला र सर्वसाधारणबाट सात दिनभित्र सुझाव मागेको छ।
विधायन ऐन, २०८१ अनुसार सार्वजनिक गरिएको मस्यौदाले स्वास्थ्य बीमाको दायरा विस्तार गर्द...
काठमाडौं । राजनीतिक अस्थिरता, प्राकृतिक विपत्ति र सुस्त आर्थिक गतिविधिका चुनौतीबीच पनि नेपालको जीवन बीमा उद्योगले गत आर्थिक वर्ष उत्साहजनक वृद्धि हासिल गरेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८२/८३ मा १४ वटा जीवन बीमा कम्पनीले कुल २ खर्ब १ अर्ब ९१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १२.४३ प्रतिशत बढी हो।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा जीवन बीमा क...