काठमाडौं । भदौ १० गते भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त रसुवागढी हाइड्रोपावरको मुख्य परियोजनाको बीमा हिमालयन एभरेष्ट इन्स्योरेन्समा रहेको पाइएको छ।
रसुवागढी हाइड्रोपावरका सूचना अधिकारी नारानाथ न्यौपानेका अनुसार आयोजनाका ठूला संरचनाको बीमा हिमालयन एभरेष्ट इन्स्योरेन्समा गरिएको छ। साना संरचना तथा सवारीसाधनको बीमा भने नेपाल इन्स्योरेन्समा रहेको उनले जानकारी दिए।
कम्पनीले बाढीबाट...
काठमाडौं । चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा ०.४ प्रतिशतले बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार साउनमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २३ अर्ब ५८ करोड रुपैयाँले बढेर ५८ खर्ब ८० अर्ब ६४ करोड रुपैयाँ पुगेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २ अर्ब ९३ करोड रुपैयाँले घटेको थियो। वार्षिक विन्दुगत आध...
काठमाडौं । चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन घटेको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउनमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ०.३ प्रतिशत अर्थात् २० अर्ब ७१ करोड रुपैयाँले घटेको हो। निक्षेप घटेसँगै बैंकिङ प्रणालीमा कुल निक्षेप ८२ खर्ब ५६ अर्ब २१ करोड रुपैयाँमा झरेको छ।
गत आर्थिक वर्षको साउनमा पनि बैंकिङ प्रणालीको निक्षेप ०.८ प्रतिशत अर...