काठमाडौं — उच्च शिक्षाका लागि अस्ट्रेलिया जाने योजना बनाइरहेका नेपाली विद्यार्थीलाई थप आर्थिक भार पर्ने भएको छ। अस्ट्रेलिया सरकारले जुलाई १ देखि लागू हुने गरी अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विद्यार्थी भिसा आवेदन शुल्क बढाएको छ।
नयाँ व्यवस्थाअनुसार विद्यार्थी भिसाको आवेदन शुल्क २ हजार अष्ट्रेलियन डलरबाट बढाएर २ हजार ५ सय अष्ट्रेलियन डलर पुर्याइएको छ। पछिल्ला वर्षहरूमा अस्ट्रेलियाले विद्यार्थी ...
काठमाडौं — नेपाल आयल निगमले उचित कारणबिना पेट्रोल पम्प बन्द गरी कृत्रिम इन्धन अभाव सिर्जना गर्ने व्यवसायीमाथि कडा कारबाही गर्ने व्यवस्था लागू गरेको छ।
निगमले पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५ संशोधन गर्दै यस्तो गतिविधिमा संलग्न व्यवसायीलाई तीन लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना तथा पाँचदेखि १५ दिनसम्म इन्धन आपूर्ति रोक्का गर्ने व्यवस्था गरेको हो।
हालै पेट्रोलियम व्यवसायीहरूले मूल्य घट्...
काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्मा सम्भावित हेरफेरसँगै आफ्नै सचिवालय पुनःसंरचना गर्ने तयारी थालेका छन्। सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यले सचिवालयका केही सदस्यलाई पार्टीको जिम्मेवारीमा केन्द्रित गराउने र नयाँ विज्ञ टोली ल्याउने तयारी भइरहेको स्रोतले जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट पार्टी पदाधिकारी तथा केन्द्रीय कार्यस...