काठमाडौं । हालैको अविरल वर्षा, बाढी र पहिरोका कारण देशभरका जलविद्युत् आयोजना तथा प्रसारण र वितरण प्रणालीमा क्षति पुग्दा १ हजार २९२ मेगावाट विद्युत् उत्पादन प्रभावित भएको छ। क्षति पुगेका तथा सुरक्षाका कारण बन्द गरिएका आयोजनामध्ये पानीको बहाव घटेसँगै अधिकांश आयोजना पुनः सञ्चालनमा आउन थालेका छन्।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार असोज ९ गतेदेखि आएको वर्षाक...
काठमाडौं । सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि आफ्ना साधारण सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। बैंकको २२औँ वार्षिक साधारणसभाले लाभांश वितरणसहित विभिन्न प्रस्ताव पारित गरेको हो।
बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा असोज १२ गते सोमबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८२/८३ का लागि कायम साधारण सेयर पुँजीको १० प्रतिशत नगद लाभांश, करसहित, वितरण गर्ने प्रस्ताव ...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा घरबाट नियन्त्रणमा लिएर करिब १० घण्टासम्म प्रहरी कार्यालयमा राखिएको घटनाप्रति सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले गम्भीर ध्यानाकर्षण जनाएको छ।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको आह्वानमा सोमबार बसेको आकस्मिक पूर्ण बैठकले असोज १० गते राति घरमा सुतिरहेका जबरालाई सुरक्षा खतरा रहेको भन्दै प्रहरी टोलीले नियन्त्रणमा लिएको घटनाबारे...