काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा झन्डै दुईतिहाइ बहुमत हासिल गर्न सफल भएकामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई अमेरिकाले बधाई दिएको छ। साथै उसले नेपालमा अब बन्ने नयाँ सरकारसँग सहकार्य गर्न आफू तत्पर रहेको पनि उल्लेख गरेको छ। नेपालस्थित अमेरिकी दूतावासका अनुसार दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले मंगलबार रास्वपा सभापति रवि लामिछानेलाई फोन गरेर बधाई दिएका हुन्...
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बुधबार ह्वात्तै बढेको छ । केही दिनयता लगातार घट्दै आइरहेको सुनको मूल्य आज तोलामा १४ हजार ६०० रुपैयाँले बढी २ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको मूल्य प्रतितोला दुई लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य भने तोलामा ४१५ रुपैयाँले बढेर चार हजार ९२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अ...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा बालेन शाह नेतृत्वमा बन्ने नयाँ सरकारका लागि मन्त्री चयनको अन्तिम तयारीमा जुटेको छ। पार्टी स्रोतका अनुसार केही मन्त्रालयका जिम्मेवारी टुंगो लागिसकेको भए पनि बाँकीबारे अन्तिम छलफल जारी छ। ती विषयमा पार्टी सभापति रवि लामिछानेले सम्बन्धित व्यक्तिहरूसँग अन्तिम परामर्श गरिरहेका छन्। बालेन शाहले यही चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिने तयारी गरेका छन्। सोही...