काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुईदिने भ्रमणका लागि अमेरिकाको राजधानी वासिङ्टन डीसी प्रस्थान गरेका छन्।
विश्व बैंक समूहका अध्यक्ष अजय बांगाको निमन्त्रणामा अर्थमन्त्री वाग्लेको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल शुक्रबार अमेरिकातर्फ प्रस्थान गरेको हो।
भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले विश्व बैंक, अमेरिकी अर्थ मन्त्रालय तथा इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डीएफसी)का उच्च अधिकार...
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले लामो समयदेखि भुक्तानी हुन बाँकी बीमालेखको चुक्ता, जीवित लाभ तथा पूर्ण परिपक्व लाभ रकम लिन बीमितलाई आग्रह गरेको छ।
कम्पनीले शुक्रबार सूचना जारी गर्दै विभिन्न मितिमा बीमालेख परिपक्व भए पनि लामो समयदेखि सम्बन्धित बीमितले रकम लिन नआएकाले भुक्तानी हुन बाँकी रहेको जनाएको छ।
दाबी रकम लिन बीमित वा कानुनी हकवालाले सक्कल बीमालेख, नागरिकताको प्रतिलिपि...
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बाढी तथा अन्य प्राकृतिक विपद्का कारण प्रभावित बीमितलाई बीमा दाबी भुक्तानी सहज बनाउन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ।
प्राधिकरणले बीमितको मृत्यु वा बेपत्ता भएको अवस्थामा बीमासम्बन्धी कागजात नष्ट भएको, सक्कल बीमालेख उपलब्ध नभएको वा अन्य कारणले नियमित प्रक्रिया पूरा गर्न कठिनाइ भए पनि दाबी प्रक्रिया अघि बढाउन सकिने व्यवस्था गरेको हो।
दाबीका लागि बीमितको नाम, मृत...