काठमाडौं । ग्लोबल आइएमई बैंकको २०औँ वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा सम्पन्न भएको छ।
सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ। जसमा ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश रहेको छ।
सभाले अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा...
काठमाडौं । नेपाली बजारमा एक साताको अवधिमा सुनको मूल्य प्रतितोला ३ हजार ८ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असोज १० गते शनिबार प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य असोज १६ गते शुक्रबारसम्म आइपुग्दा घटेर २ लाख ९४ हजार ८ सय रुपैयाँ कायम भएको हो।
सप्ताहको सुरुवातमा भने सुनको मूल्य बढेको थियो। असोज ११ गते आइतबार प्रतितोला ७ सय रुपैयाँ बढेर २ लाख ...
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नै नाममा ‘अल्फा प्लस सूर्यज्योति फण्ड’ सञ्चालनमा ल्याएको छ।
कम्पनीका अनुसार फण्डका लागि नेपाल धितोपत्र बोर्डबाट कोष दर्ता तथा निष्काशनको दर्ता प्रमाणपत्र प्राप्त भइसकेको छ। फण्डको समग्र व्यवस्थापन तथा लगानी कार्यान्वयनको जिम्मेवारी फण्ड व्यवस्थापकका रूपमा अल्फा प्लस भेन्चर्स लिमिटेडले सम्हाल्नेछ।
कम्पनीले नेपाली बीमा क्षेत्रमा आफ्नै ना...