काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का सल्लाहकार, स्वकीय सचिवालय तथा अन्य कर्मचारीको विवरण सार्वजनिक गरेको छ।
प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री बालेन नेतृत्वको टोलीमा कार्यरत २५ जना पदाधिकारी तथा कर्मचारीको विवरण सात महिनापछि आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको हो।
सार्वजनिक विवरणअनुसार प्रधानमन्त्रीको सल्लाहकार समूह तथा विज्ञ...
काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयले कामाख्या फिनकोर्प प्रालिका तत्कालीन सञ्चालक सुलभ अग्रवाल र सुभी अग्रवालका नाममा ७ दिने समाव्हान तथा इतलायनामा म्याद सूचना जारी गरेको छ।
उच्च अदालत पाटनबाट मुद्दा नं. ०८१-डीपी-२२१० मा आवश्यक प्रमाण बुझी सम्बन्धित पक्षलाई सुनुवाइको पर्याप्त अवसर प्रदान गरेर कानुनबमोजिम निर्णय गर्न भन्दै मिसिल फिर्ता आएपछि कार्यालयले यस्तो सूचना जारी गरेको हो।
कार्यालयका अन...
काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्माविरुद्ध फौजदारी मुद्दा दर्ता भएको छ। तत्कालीन सनराइज बैंकका सीईओ रहेका शर्माविरुद्ध कर्जा स्वीकृति तथा धितो व्यवस्थापनसम्बन्धी विषयमा प्रहरीले पर्सा जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो।
अञ्जलि इन्टरनेशनललाई कर्जा स्वीकृत गरेको विषयमा शर्मासहित तत्कालीन नायब प्रबन्धक केदार सिंह, वरिष्ठ अधिकृत सुबोध जोशी र कर्जा प्रशासनमा कार्यरत ...